सन्धिखर्कमा ज्येष्ठ नागरिक तथा अपाङ्गतालाई सम्मान गर्ने कार्यक्रम सम्पन्न

| २०७९ पौष ७ गते १६: ०७ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। सन्धिखर्क को शान्ति बगैँचा मा रहेको योगाहलमा आर्थिक बर्ष २०७९ /८० को ज्येष्ठ नागरिक तथा अपाङ्गतालाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माधब श्रेष्ठको अध्यक्षता र नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न भएको हो। 

ज्येष्ठ नागरिक तथा अपाङ्गता लाई सम्मान गर्ने कार्यक्रममा प्रशासकीय अधिकृत खुमलाल भुसालको बिशेष अथिति रहेको थियो। त्यस्तै अथिति हरुमा बेल कुमारी परियार ,वडा सदस्य सुन्तली श्रेष्ठ ,भगवता पाण्डे सुनार ,बाबुराम पन्थी ,श्रीधर मुखिया ,गिरि प्रसाद भुसाल ,निम कुमारी श्रेष्ठ ,हरि प्रसाद दमासे ,देबिराम बन्जाडे ,हरि प्रसाद मिश्र ,गोपाल प्रसाद पन्थी ,बिन्दु श्रेष्ठ ,बाल कुमारी श्रेष्ठ ,फुल कुमारी श्रेष्ठ ,र पत्रकार महासंघ कि सदस्य अम्बिका श्रेष्ठ को उपस्थिति रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्