अर्घाखाँची आमाविमा सुचनाको चलखेल र लोकतन्त्र बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न(तस्विर सहित)

| २०८१ बैशाख २० गते २२: ०३ मा प्रकाशित

सागर परियार ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेशिको बेलबाटिकामा रहेको अर्घाखाँची आवासीय माध्यमिक विद्यालयमा आज सुचनाको चलखेल र लोकतन्त्र बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। 

आफैबाट शुरू गरौं मिथ्या सूचना अन्त्य गरौं भन्ने मुल नाराका साथ सप्पन्न भएको उक्त वक्तृत्वकला प्रतियोगितामा भागलिएका सहभागी विद्यार्थीहरुले मिथ्या सूचनाको घटना ,मिथ्या सूचनाको प्रचारप्रसारले समाजमा पर्ने नकारात्मक असरका बारेमा यस्ता खाले सुचना, समाचार फैलिन नदिन सबैलाई आग्रह गरेका थिए।

< />
यस्ता खाले समाचार सम्प्रेषण नगर्न सबै सजक रहनुपर्नेमा जोडदिएका थिए। उक्त प्रतियोगिताबाट प्रथम स्थान हासिल गरेका विद्यार्थी क्षितिज पुनले मिथ्या सूचनाले समाजमा नकारात्मक प्रभाव पार्ने हुनाले सूचनाको भरपर्दो आधार लिएर मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने बताएका थिए । उक्त कार्यक्रममा अर्घाखाँची आवासीय माध्यमिक विद्यालयका प्रधानध्यापक चोपनारायण बंन्जाडेले मिथ्या सूचना सम्बन्धि वक्तृत्वकला प्रतियोगिता कार्यक्रमले विद्यार्थीहरुलाई सचेत हुन साथै अन्तरनिहित क्षमतालाई विकास गर्ने हुँदा यस्ता खाले कार्यक्रम आफ्नो विद्यालयलाई छनोट गरि आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभएको थियो ।

 उक्त कार्यक्रमको अध्यक्षको रूपमा बोल्दै  विद्यालयका शिक्षक  बुद्धिराम भुसालले सामाजिक संन्जालमा आएका समाचार , सुचनालाई पूर्णरूपमा बिश्वास गर्न नहुने , र एउटा मात्रै समाचारको स्रोतमा विश्वास नपरी अन्य स्रोतबाट पनि वास्तविक जानकारीलिन सबैलाई आग्रह गर्नुभएको थियो । 

उक्त प्रतियोगितामा भाग लिएरका ६ जना  मध्ये क्षितिज पुन प्रथम ,बन्दना राँघु मगर दोस्रो ,आकृती श्रेष्ठ तेस्रो भएका थिए । तिनै जना बिजेतालाई नगद र प्रमाणपत्र सहित पुरस्कृत  गरिएको थियो। उक्त कार्यक्रम ईन्टरनेसनल रिपब्लिकन इस्टिच्युटको सहयोग र सागर परियारको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्