अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि. काे वार्षिक साधारण सभा तथा अधिवेशन पौष १५ गते सम्पन्न हुने

| २०७९ पौष ८ गते १८: २० मा प्रकाशित

हिम लेकाली, सन्धिखर्क।
पुष ८ - अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि.काे १७ औं  वार्षिक साधारण सभा तथा अधिवेशन यहि पौष १५ गते सम्पन्न हुने भएको  छ  ।

आज सम्पन्न संस्था काे सबै उप समितिहरू संलग्न  बिस्तारीत बैठक ले संस्था काे साधारण सभा तथा अधिवेशन  सन्धिखर्ककाे संगम फुड ल्याण्डमा गर्ने निर्णय गरेकाे छ ।

संस्थाका अध्यक्ष दाेर्ण प्रसाद भुसाल काे अध्यक्षता र सचिव बिष्णु प्रसाद भुसालकाे सन्चालनमा सम्पन्न बैठकले विभिन्न समसामयिक बिषयमा  निर्णयहरू लियकाे छ ।

बैठकले  अध्यक्ष  दाेर्ण  प्रसाद भुसाल र लेखा समिति  संयाेजक टामलाल पाण्डे ले तयार पार्नु भएको  अध्यक्ष काे प्रतिवेदन तथा लेखा प्रतिवेदन स्वीकृत गरि अनुमाेदनका लागि  साधारण  सभामा   लैजाने निर्णय गरेकाे छ ।  त्यसै गरि अधिवेशन सम्पन्न गर्नका लागि पूर्व अध्यक्ष बालकृष्ण आचार्यकाे  संयाेजकमा  यमुना पन्थी र उत्तममणि मिश्र सदस्य रहेकाे निर्वाचन कमिटी  र  काेषाध्यक्ष  जगन्नाथ भुुसाल काे संयाेजकत्वमा पूर्णिमा न्याैपाने (पाैडेल ) र बिजय खत्री सदस्य रहनु भएको बिधान संसाेधन कमिटी समेत  गठन गरेकाे छ ।

 १७ औं  वार्षिक साधारण सभा

अर्घाखाँचीमा  पुरानाे सहकारीकाे रूपमा चिनीएकाे यस संस्थाले  अहिले सेयर सदस्यहरूबाट मासिक बचत जम्मा गरि सदस्यहरू लाई सस्ताे ब्याजमा ऋण प्रभाह  गर्दै आएकाे छ भने 

सहकारी  क्षेत्रमा काेशेली घर सन्चालन ,सेयर सदस्यका सन्ततीहरूलाई पुरस्कृत ,जेष्ठ नागरिकलाई सम्मान ,कर्मचारीकाे बृत्तिविकासका लागि तालिम सन्चालन , दिवंगत शेयर सदस्यका परिबारलाई राहत बितरण ,लुम्बिनी विशिष्टीकृत सहकारि सदस्यता ग्रहण  लगायतका समाजिक उत्तरदायित्वका कार्यक्रमहरू सन्चालन गर्दै सहकारी क्षेत्रमा अनुकरणीय कार्य गरि  अब्बलताकाे परिचय दिएकाे छ ।

बैठकमा  सल्लाहकार समिति, सन्चालक समिति ,लेखा समिति ,ऋण उप समिति ,सूचना सन्चार उप समिति ,धिताे मूल्याङ्कन उप समिति ,शिक्षा उपसमिति ,महिला विकास उप समिति   का संयाेजक तथा सदस्य  तथा ,कर्मचारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्