अर्घा साना किसान कृषि सहकारी संस्था सन्धिखर्क ९ र १० को ८ औँ साधारण सभा सम्पन्न

| २०७९ पौष १७ गते १७: ३० मा प्रकाशित

मेलिना सिंह ठकुरी ,अर्घाखाँची। अर्घा साना किसान कृषि सहकारी संस्था सन्धिखर्क ९ र १० को ८ औँ साधारण सभा सम्पन्न भएको छ।

अर्घा साना किसान कृषि सहकारी संस्था सन्धिखर्क ९ र १० को ८ औँ साधारण सभा

संस्थाका अध्यक्ष मुना सिंह ठकुरीको अध्ययक्षता,सन्धिखर्क नगरपालिका उप प्रमुख मिश्रा आचार्यको प्रमुख आतिथ्यता ,सन्धिखर्क वडा न.९ का दलित महिला सदस्य सिमा परियार र वडा न .१० क वडा सदस्य इश्वरी प्रसाद मरासिनीको विशिष्ट आतिथ्यता तथा धर्मराज पोख्रेल,रुपा गन्धर्ब,देबकिनन्दन भुसाल,माधवा भुसाल र चुरामणि भट्टराइको आतिथ्यतामा सम्पन्न वार्षिक साधारण सभामा सदस्य निसा थापाका श्रीमान क्यासर पिडित प्रेम थापा र सदस्य रुद्रमाया घर्तिमगर का श्रीमान मृगौला पिडित दिल बहादुर घर्तिमगर को सहयोगार्थ आर्थिक सहयोग गरिएको छ। 

अर्घा साना किसान कृषि सहकारी संस्था सन्धिखर्क ९ र १० को ८ औँ साधारण सभा

उपाध्यक्ष बिमला खनाल को स्वागत मन्तब्य तथा प्रबन्धक शारदा के .सी को संचालनमा सम्पन्न सो सभामा अध्यक्षको बार्षिक प्रतिबेदन ,लेखा समिति संयोजक कल्पना क्षेत्रीको आर्थिक प्रतिबेदन , सह प्रबन्धक सरला आचार्यको अडिट रिपोर्ट तथा प्रस्ताविक आगामी बजेटको प्रस्तुतिकरणमा ब्यापक छलफल गर्दै सर्बसहमत रुपले अनुमोदन तथा पारित भयो।

प्रतिक्रिया दिनुहोस्