अर्घाखाँचीमा कलाकारको अपमान गर्ने बहिष्कार गर्ने विरुद्व खन्निए नगर प्रमुख : आगामी दिनमा महोत्सवको गेट भित्र नछिर्न आग्रह (भिडियो सहित)

| २०७९ माघ २४ गते १९: ३८ मा प्रकाशित

रमेश थापा ,सन्धिखर्क। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को १४ औँ  दिन अर्थात समापन दिनमा सन्धिखर्क १ को कूँडुंले फाँटंमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले राष्ट्रिय ख्याति प्राप्त कलाकार आउँदा बहिष्कार गर्ने संघ संस्थाका ब्याक्तिहरु माथि आक्रोश पोखेका छन्। 

महोत्सव को समापन कार्यक्रम मा आफ्ना मन्तव्य राख्दै जिल्लामा कलाकार हरु आउँदा अपमान गर्नु भनेको आफ्नो अपमान गर्नु सरह रहेको बताएका छन्। साथै यो अपमान सिंगो अर्घाखाँची को अपमान हो नागरिक को अपमान हो ,आगामी दिनमा कलाकार हरुको अपमान गर्ने संघ संस्था र ब्याक्तित्व हरुलाई टिकट काटेर महोत्सव हेर्न न आउँन घोषणा गर्दै कडा चेतावनी दिएका छन्। 

नगर प्रमुख श्रेष्ठले महोत्सव मा बिक्रि हुने स्टल का समान हरु आफुले पनि अनुगमन गरेको र सामान गुणस्तरीय र सस्तो रहेको पनि बताए। श्रेष्ठ ले महोत्सव को शुरुवाती दिन देखि समापन दिन सम्म अहोरात्र खटेर मेला सफल पार्नमा महत्वपूर्ण भूमिका खेल्ने सुरक्षा निकाय र चेम्बर अफ कमर्स लाई धन्यबाद दिँदै खुलेरै प्रशंसा गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्