सन्धिखर्क १० मा युवा क्लब गठन

| २०७९ फागुन ११ गते २१: ०५ मा प्रकाशित

प्रदिप आचार्य,सन्धिखर्क।
 फाल्गुन ११ - सन्धिखर्क १० मा वडा स्तरीय युवा क्लब गठन गरिएको छ ।सन्धिखर्क नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाको आ ब २०७९/०८० को बार्शिक स्वीकृत  नमुना युवा साम्सद कार्यक्रम अन्तर्गत वडा भित्र रहेका १६ देखि २४ उमेर समुहका युवा युवतिको भेलाबाट १५ सदस्यीय समिति गठन गरिएको हाे ।

 वडा अध्यक्ष मोहन सिंह ठकुरीको संरक्षकत्वमा नवीन थापा अध्यक्ष ,  तुलसा नेपालि उपाध्यक्ष , सचिन थापा सचीव , सरिता आचार्य कोषाध्यक्ष लगायतको समिति गठन गरिएको हो ।कार्यक्रममा  वडा जनप्रतिनिधि , कर्मचारी को सहभागिता रहेको थियो । 

उक्त गठित क्लबले विभिन्न प्रतिभा भएका युवाहरुको खोजी गर्ने , नगर स्तरीय युवा सङ्ग सम्बन्धित कार्यहरू सङ्ग्सङै सामाजिक अनुसरणका कार्यहरु गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्