सन्धिखर्कका व्यावसायिक किसानलाई डीप फ्रीज, विद्युतीय घास काट्ने मेसिन र भकारो सोहोर्ने हाईप्रेसर क्लीनर मेशिन वितरण

| २०७९ फागुन १२ गते १७: ३६ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक किसानलाई डीप फ्रीज, विद्युतीय घास काट्ने मेसिन र भकारो सोहोर्ने हाईप्रेसर क्लीनर मेशिन वितरण गरेको छ।

 किसानहरुको मागका आधारमा किसानलाई डीप फ्रीज, विद्युतीय घास काट्ने मेशिन र भकारो सोहोर्ने हाईप्रेशर क्लीनर मेशिन वितरण गरेकोमा पशुपालनमा लागेका किसान खुशी भएको किसान बाबुराम पाण्डेले बताए।
 
सन्धिखर्क नगपालिकाको पशु सेवा शाखाले किसानको मागको आधारमा व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा डीप फ्रीज १९ वटा, विद्युतीय घास काट्ने मेशिन ७५ प्रतिशत अनुदानमा ९ वटा र भकारो सोहोर्ने हाईप्रेशर क्लीनर मेशिन ५० प्रतिशत अनुदानमा १८ वटा वितरण गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख नारायण खनालले बताए।
 
पशुपालनमा लागेका किसानलाई व्यावसायिकता, आधुनिकीकरण र प्रविधीमैत्री बनाउन डीप फ्रीज, घास काट्ने मेशिन र भकारो सोहोर्न मेशनि वितरण गरेको किसानलाई सामाग्री वितरण गरेको नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए। 

प्रतिक्रिया दिनुहोस्