देउराली यातायात अर्घाखाँची प्रा.लि.को आयोजनामा नि:शुल्क स्वास्थ शिबिर आजदेखि शुरु (तस्विर सहित)

| २०७९ फागुन १३ गते १५: ३० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
फाल्गुन १३- देउराली यातायात अर्घाखाँची प्रा.लि.को आयोजना तथा मेडिटेक अस्पताल एन्ड रिसर्च सेन्टर रुपन्देही बुटवलको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ शिबिर संचालन ।

नि:शुल्क स्वास्थ शिबिर

देउराली यातायात अर्घाखाँची प्रा.लि.को आयोजनामा सन्धिखर्क नगरपालिका वडा न.१ स्थित प्रालिको प्रधान कार्यालय गुन्टीखोला प्राङ्गणमा निशुल्क स्वास्थ शिबिर शुरु भएको छ 

गुन्टीखोला प्राङ्गणमा निशुल्क स्वास्थ शिबिर शुरु

अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्यालको प्रमुख आतिथ्यतामा शुरु शिबिरमा मेडिटेक अस्पताल एन्ड रिसर्च सेन्टर बुटवल रुपन्देहीका प्रबन्ध गणेश प्रसाद ज्ञावलि,डा. गोपाल ज्ञावलि, डा.सतिस रुपाखेती, डा. भुवन पौडेल ,डा.प्रकाश बस्नेत , डा.शम्भु खनाल,डा,ज्ञानचन्द्र पौडेल , लगायत प्राबिधिक टिमको उपस्थित रहेको छ शिबिरमा प्रालिका निबर्तमान अध्यक्ष योगेन्द्र खड्का प्रालिका पदाधिकारी ,सल्लाहकार ,  सदस्य, कर्मचारी तथा संचारकर्मी लगायतको उपस्थित रहेको थियो प्रमुख जिल्ला अधिकारी मिना अर्याल बाट स्वास्थ परिक्षण गराइ शुरु  गरिएको शिबिरमा दुई सय भन्दा  बढी बिरामीले टिकट लिइ सकेका छन् ।

निशुल्क स्वास्थ शिबिर संचालन 


शिबिरमा ओपिडी टिकट निशुल्क , अप्रेसनमा १०% छुट ,बेडचार्ज तथा ल्याबमा २०% छुट तथा औंषधिमा ५% छुट गरिएको जानकारी गराइएको थियो शिबिरको उदघाट्न कार्यक्रम प्रालिका अध्यक्ष गोबिन्द्र प्रसाद बन्जाडेको अध्यक्षता तथा महासचिव प्रेम प्रकाश पान्डेको संचालनमा शुरु भएको थियो ।

गुन्टीखोला प्राङ्गणमा निशुल्क स्वास्थ शिबिर शुरु!

प्रतिक्रिया दिनुहोस्