महतको निवासमै पुगेर प्रेस चौतारी अर्घाखाँचीले दियो समवेदना

| २०७९ फागुन १४ गते १६: ४९ मा प्रकाशित

हरि कुँवर  अर्घाखाँची ।प्रेस चौतारी जिल्ला शाखा अर्घाखाँचीले पत्रकार प्रकाश महतको निवासमा पुगी समवेदना व्यक्त गरेको छ ।

मालारानी-५ बाँगी पलसपाटा महतको निवास पुगी महतको निधनप्रति समवेदना तथा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको हो ।  समाज खेलजगत पत्रकारिता पक्षमा पुराएको योगदान अतुलनिय रहेको प्रेस चौतारी जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष बसन्त श्रेष्ठले प्रतिक्रिया दिए । उनको योगदान हाम्रो समाजमा मन मष्तिष्कमा सदैव ताजा रहने उनले बताए । मन वचन र कर्मले सदैव साथ सहयोग रहने बताएका हुन ।

अत्यन्त मिजासिलो र एक ईमान्दार मित्र गुमाएको  केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले बताए । उनले दोषी लाई कार्वाही र पिडित परिवारलाई कानुन अनुसारको क्षेतिपुर्ति उपलब्ध गराउन पनि सम्बन्धित निकाय संग माग गरेका छन ।

 प्रदेश विभाग सदस्य नवीन केसी , प्रेस चौतारी जिल्ला शाखा अर्घाखाँचीका सह-सचीव सिद्धार्थ केसी, प्रेस चौतारी जिल्ला शाखा अर्घाखाँचीका सह-सचीव कमला परियार लगायतको उपस्थिति रहेको थियो ।

महतको ३४ वर्षको उमेरमा फागुन ७ गते विराटनगरमा मोटरसाइकल दुर्घटना हुदा निधन भएको थियो। महतका ७ वर्षका छोरा र ६ महिनाकि छोरी छन ।

प्रतिक्रिया दिनुहोस्