सामुदायिक कुकुरहरुमा स्थायी बन्द्याकरण तथा रेबिज भ्याक्सिनेसन दोश्रो चरणको ३ दिने शिबिर सन्धिखर्क २ बृती बधशालामा सुरुवात

| २०७९ फागुन १४ गते १९: ३५ मा प्रकाशित

प्रदिप आचार्य,सन्धिखर्क।  
फाल्गुन १४ - सामुदायिक कुकुरहरुमा स्थायी बन्द्याकरण तथा रेबिज भ्याक्सिनेसन दोश्रो चरणको ३ दिने शिबिर सन्धिखर्क २ बृती बधशालामा सुरुवात भएको छ। 

सामुदायिक कुकुरहरुमा स्थायी बन्द्याकरण तथा रेबिज भ्याक्सिनेसन दोश्रो चरण

बजार तथा ग्रामीण क्षेत्रमा भएका कुकुरहरुले मानिस तथा अन्य घरपालुवा जनावर पशुपन्छिहरुमा आक्रमण गर्ने ,झम्टिने ,तथा अराजक स्वभाव देखाउने गर्दा जनमानसमा त्रास सिर्जना भएको र रेबिज समेत सर्न सक्ने हुदा  र बजारको मुख्य समस्याको रुपमा देखा परेको हुदा त्यस्ता कुकुरहरू लाई स्थायी रुपमा बन्द्याकरण तथा रेबिज खोप शिबिर संचालन गरिएको हो । उक्क कार्यक्रम सन्धिखर्क नगरपालिका को आर्थिक सहयोग , वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा ( YEAST)  शिदार्थ नगर रुपन्देहीको प्राबिधिक सहयोगमा संचालक गरिएको हो ।

 शिबिरमा स न पा २ का वडा अध्यक्ष मोतिजङ रायमाझी को अध्यक्षता मा स न पा १ का वडा अध्यक्ष माधब श्रेष्ठ सन्धिखर्क नगरपालिका निमित्त कार्यालय प्रमुख नबराज गौतम ,  प्रमुख अतिथी सनपा उप प्रमुख मिश्रा आचार्य ले आफ्नो सुझाब सहित मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संयोजक प्रदिप भुसालले कार्यक्रम बारे जानकारी गराउनु भएको थियो तथा सन्धिखर्क नगरपालिका पशु शाखा प्रमुख नारायण खनालले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

 सामुदायिक कुकुरहरुमा स्थायी बन्द्याकरण तथा रेबिज भ्याक्सिनेसन दोश्रो चरण

यश भन्दा पहिला पनि सन्धिखर्क नगरपालिकाकै आयोजनामा २०८ वटा कुकुरमा स्थायी बन्द्याकरण तथा रेबिज खोप लगाईको थियो । शिबिरमा अहिले पनि १५० वटा कुकुरमा खोप सङै स्थायी बन्ध्याकरण गरिने छ ।

कुकुरहरुमा स्थायी बन्द्याकरण तथा रेबिज भ्याक्सिनेसन

शिविरमा कुकुरलाई समाउने , नियन्त्रण गर्ने , खाना खुवाउने रेखदेख र औसधि उपचार समेत सस्थाले गर्ने छ शिवीर फाल्गुन  १६ गते सम्म चल्ने छ ।

कुकुरहरुमा स्थायी बन्द्याकरण तथा रेबिज भ्याक्सिनेसन

कार्यक्रम सन्धिखर्क नगरपालिका पशु सेवा शाखामा कार्यक्रम पशु स्वास्थ प्राबिधिक प्रदिप आचार्यले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्