पत्रकार महासघंको संस्थागत क्षमता बिकास विषयक २ दिने तालीम सन्धिखर्कमा सुरु

| २०७९ चैत ६ गते २०: ३८ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको आयोजना तथा सन्धिखर्क नगरपालिकाको सहयोगमा पत्रकारिता प्रबर्द्धनात्मक तथा पत्रकार महासघंको संस्थागत क्षमता बिकास  विषयक  २ दिने तालीम सन्धिखर्कमा सुरु भएको छ ।

तालिमको एक कार्यक्रमका जिल्ला समन्वय प्रमुख जीव नारायण कोईराला ले उदघाटन गर्नु भएको  छ । तालीमको उद्घघाट्न शत्रको कार्यक्रम  पत्रकार महासघका जिल्ला अध्यक्ष असोक खनालको अध्यक्षता हृदय  कुमार भुसालको स्वागत मन्तब्य र बिनोद गैरेको सन्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, जिल्ला न्यायाधीश डाक्टर श्रीकृष्ण भट्टराई,प्रमुख जिल्ला अधिकारी मिना अर्याल,पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली लगायतले सुभकामना मनतब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्