अर्घाखाँचीको अर्घा धरम्पानीमा चैत्र १० गते एकदिने निःशुल्क मुटुपरिक्षण शिविर हुने

| २०७९ चैत ७ गते १८: २२ मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
चैत्र–०७,अर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्क–१०,अर्घामा एकदिने निःशुल्क मुटुपरिक्षण शिविर हुनेभएको छ ।

 नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको समन्वयमा यहि चैत्र १० गते शुक्रवार अर्घा धरम्पानीमा बिशेषज्ञ सेवा सहितको एकदिने मुटु परिक्षण शिविर हुनेभएको हो । 

काठमाडौं र बुटवलबाट मुटुरोग बिशेषज्ञ डाक्टरहरु आएर सेवा दिने उक्त शिविरमा बिरामीहरुको इसिजि,इको,सुगर परिक्षण तथा औषधि बितरण निशुल्क हुने प्रतिष्ठानका जिल्ला अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ । शिविर चैत्र १० गते बिहान ८ बजेदेखि सांझ ५ बजेसम्म संचालन हुने प्रतिष्ठानका जिल्ला सचिव मेनुका पौडेलको भनाई छ । आफ्नो वार्डमा प्राथमिकता दिएर शिविर ल्याएकोमा खुशी व्यक्त गर्दै सन्धिखर्क–१० का अध्यक्ष मोहनसिंह ठकुरीले शिविर सफल पार्न वडाको तर्फबाट भरपुर सहयोग गर्ने बताउनुभएको छ । 

जिल्लाका बिभिन्न क्षेत्रमा सफल रुपमा शिविर संचालन गरिसकेको यस संस्था ग्रामिणभेगमा आर्थिक अभावले स्वास्थ्यजाँच गर्न नसक्नेहरुको सारथि बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्