६६ औँ सहकारी दिवसको अवसरमा डोलेश्बर सहकारी संस्थाद्वारा सरसफाई तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

| २०७९ चैत २० गते २२: ०७ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिकाको मसाल बजारमा रहेको डोलेश्बर सहकारी संस्थाद्वारा आज ६६ औँ सहकारी दिवसको अवसरमा  सन्धिखर्क नगरपालिकाको त्रिवेणीधाम देखि प्युठान रोडसम्म सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

 सरसफाई तथा क्यालेन्डर विमोचन कार्यक्रम 

 यस कार्यक्रममा संस्थाका अध्यक्ष मोतीराज शर्मा, सेयर सदस्य, मिडिया कर्मी, लगायत स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो ।हामीले नगरे कस्ले गर्ने भन्ने मुल नाराका साथ सरसफाइ अभियान चलेको र साथै सन्धिखर्क नगरपालिका वडा न. २ का वडा अध्यक्ष मोतिजङ्ग रायमाझी पनि सहभागी हुनु भएको थियो । 

६६ औँ सहकारी दिवसको अवसरमा  डोलेश्बर सहकारी संस्थाद्वारा सरसफाई तथा क्यालेन्डर विमोचन 

त्यसैगरी सरसफाइ पश्चात् आफ्नो अफिसको प्राङ्गणमा आइ नयाँ शैलीबाट क्यालेन्डर विमोचन भएको थियो । 

६६ औँ सहकारी दिवसको अवसरमा  सन्धिखर्क नगरपालिकाको त्रिवेणीधाम देखि प्युठान रोडसम्म सरसफाई

जब कि सन्धिखर्कमा सहकारीहरुले नेता बोलाउने, खादा, माला लगाउने, जस्तै अनेक खर्च गरी क्यालेन्डर विमोचन गर्ने गर्दछन ।

 तर डोलेश्बर सहकारी संस्थाद्वारा फरक किसिमबाट क्यालेन्डर विमोचन भएको पाइयो र आफ्नो सम्पुर्ण सेयर सदस्यलाई संचालकको हातबाट क्यालेन्डर विमोचन गरी नयाँ शैलीको सुरुवात गरेको थियो  ।

सरसफाई तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न 

प्रतिक्रिया दिनुहोस्