नेपाल सरकारका शाखा अधिकृत ब्याट -३६ मा सिफारिस अधिकृतहरु लाई स्वागत बधाई तथा शुभकामना

| २०७९ चैत २६ गते १७: ०८ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
चैत्र २६- निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन (सिबिए) अर्घाखाँचीले   नेपाल प्रशासनिक प्रशिक्षण प्रतिसष्ठानले प्रशिक्षार्थी  शाखा अधिकृतहरुलाई देशदर्शन अन्तरगत ब्याट - ३६ का अधिकृत हरुलाइ डिभिजन बन कार्यलयको सभाहलमा एक  कार्यक्रमका बीच  स्वागत, बधाई तथा सम्मान गरेको छ ।

 विभिन्न सेवा समुह बाट अधिकृतमा सिफारिस भएका उनिहरु २ महिना तालिम प्रश्चात अध्ययन तथा तालीमको सन्दर्भमा जागीरे जिबनमा विभिन्न जिल्लाहरुमा त्यहाको आर्थिक भौगोलिक प्रशासनिक तथा सेवा प्रबाहको बारेमा जानकारी प्राप्त गर्ने उदेश्यलेका जिल्लामा आएका थिए ।
 
अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्यालको प्रमुख आतिथ्यतामा शुरु स्वागत तथा सम्मान कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष माधब अर्याल ,नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गणेश भन्डारी , रास्ट्रिय कर्मचारी संगठनका सचीव माधब भुसाल , नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , प्रदेश सदस्य प्रेम नारायण आचार्य जिल्ला सहसचीव अनिल नेपाली  आधिकारिक ट्रेड युनियनका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण बर्माको अध्यक्षता उपाध्यक्ष हरि डुम्रेको स्वागत तथा सहसचीव नारायण दमासेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्