श्री जानशान्ति आधारभूत विद्यालय सनपा ८ किमडाँडाको ३९ औँ वार्षिकोत्सब समारोह सम्पन्न

| २०८० बैशाख ६ गते २०: २२ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। श्री जानशान्ति आधारभूत विद्यालय स.न.पा. ८ किमडाँडाको ३९ औं वार्षिकोत्सब समारोह वि.व्य.स. अध्यक्ष नेत्र ब.थापाको अध्यक्षता स.न.पा.८ का का.वा. वडा अध्यक्ष  कृष्णा भुसालको प्रमुख अतिथ्यता, प्र.अ निर्मला भुसालको आर्थिक प्रतिवेदन तथा मन्तब्य, विद्यार्थी संग्राम राना, अतिथि बिष्णुभक्त राना,लिला भुसाल, कृष्ण प्रसाद मरासिनी, रूद्र पोख्रेल, प्रमुख अतिथि कृष्णा भुसाल, अध्यक्ष नेत्र ब थापाको मन्तव्य, शिक्षक जोगलाल रानाको स्वागत मन्तब्य तथा शिक्षक दिपक श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको छ । 

श्री जानशान्ति आधारभूत विद्यालय स.न.पा. ८ किमडाँडाको ३९ औं वार्षिकोत्सब समारोह

साथै उक्त उत्सवलाई भव्य र सब्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण अतिथि, आर्थिक तथा भौतिक सहयोग दाता,वि.व्य.स./  शि.अ.सं. का पदाधिकारीहरू तथा सदस्यहरू, शिक्षक,अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी एवं उपस्थित सम्पूर्ण जनहरूप्रति श्री जनशान्ति आधारभूत बिद्यालयले धन्यबाद प्रकट गरेको थियो । 

उक्त समारोहमा निम्न कार्यक्रमहरू समेत समाबेस गरियको थियो 

 - विद्यालयका पूर्व शिक्षक कृष्ण प्रसाद मरासिनी सोही विद्यालयबाट स्वैच्छिक अवकास हुनुभएकोमा उहाँलाई मायाँको चिनो सहित विद्यालयको तर्फबाट सम्मान कार्यक्रम  

-सम्मान प्राप्त शिक्षक कृष्ण प्रसाद मरासिनी र उहाँको धर्म पत्नी तारादेबी    मरासिनीले अाफ्नो स्व. पिता धनन्जय  मरासिनी र स्व माता खिमकला मरासिनीको संझनामा यस विद्यालयको लागि रू २५,५५५।- को अक्ष्यकोष स्थापना गर्नुका साथै २ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउनुभएकोमा विद्यालयको तर्फबाट धन्यबाद ज्ञापन कार्यक्रम ।

- वार्षिक उत्सव समारोहको लागि शिक्षक सम्मान सामग्री तथा व्याज सौजन्यकर्ता  प्रमुख अतिथि तथा का.वा. वडा अध्यक्ष कृष्णा भुसाल, पुरस्कृत विद्यार्थी सम्मानको लागि मेडल सौजन्यकर्ता सन्धिखर्क-१ निवासी शिक्षाप्रेमी नारायण प्रसाद भुसाल एवं व्यानर सौजन्यकर्ता ज्ञानेन्द्रध्वज थापालाई विद्यालयको तर्फबाट धन्यबाद ज्ञापन कार्यक्रम ।

-सम्पूर्ण विद्यार्थीहरूलाई समान रूपमा बिद्यालयको तर्फबाट शैक्षिक सामग्री बितरण कार्यक्रम  ।

-२०७९ को शैक्षिक मुल्यांकनका आधारमा कक्षागत तथा बिद्यालयगत प्रथम, द्वितीय, तृतिय स्थान हाँसिल गर्ने र  अन्य बिबिध बिधामा पुरस्कृत हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम  ।

-कार्यक्रमलाई आकर्षक वानाउनको लागि विद्यालयका विद्यार्थी तथा पूर्व विद्यार्थीहरूको आकर्षक नृत्य प्रस्तुति ।

प्रतिक्रिया दिनुहोस्