अर्घाखाँचीको सुपादेउराली मन्दिर परिसर भित्र नन्दीबसाहा तथा मन्दिर गेटमा सिंह प्रतिस्था

| २०८० बैशाख ११ गते १२: ५३ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
बैशाख १०- अर्घाखाँची जिल्लाको सुप्रसिद्धि सुपादेउराली मन्दिरमा, मन्दिर परिसर भित्र नन्दीबसाहा तथा मन्दिर गेटमा सिंह प्रतिस्था गरिएको छ।

मन्दिर ब्याबस्थापन समितिले छिमेकी रास्ट्र भारतको मुरदाबद बाट रु.१६८००० मा खरिद गरि ल्याइएको समितिका सचीव हरि खनालले बताएका छन् ।

आइतबार बिहान मन्दिरको परम्परागत पुजा अर्चनाका अलवा जिल्लाका प्रख्यात पन्डित बोलाइ मुर्ति हरु प्रतिस्था गरिएको थियोे मुर्ति प्रतिस्थामा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,उपप्रमुख मिश्रा आचार्य , सितगङा नगरपालिकाका नगरउपप्रमुख गिता भाट क्षेत्री ,प्रमुख जिल्ला अधिकारी मिना अर्याल ,वडा न.७ का वडा अध्यक्ष चुरा केसि , मन्दिर ब्याबस्थापन समितीका अध्यक्ष फर्स बहादुर केसि पत्रकार महासंघका  जिल्ला अध्यक्ष अशोक खनाल , प्रदेश सदस्य प्रेम नारायण आचार्य ,गणेश खनाल तथा मन्दिर ब्याबस्थापन समितिका पदाधिकारी तथा सदस्य हरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्