अर्घाखाँचीको किमडाँडामा बिजुलीको पोल बाट खस्दा कृष्ण रानाको मृ'त्यु : पाँच दिन पछि रोमानिया उड्ने पूर्ण तयारिमा थिए

| २०८० जेठ ५ गते १४: ०१ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ को किमडाँडामा बिजुलीको पोल बाट खस्दा स्थानीय युवा कृष्ण बहादुर रानाको ज्या'न गएको छ। 

आज बिहान करिब ९ बजेको समयमा किमडाँडाका ३ जना स्थानीय युवाहरुले बिजुलीको पोलमा चढी बिधुतको तार तान्ने क्रममा भुमिकास्थान बाट सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ख ९५२० नम्बरको ट्रकले तार तानेर गुडीरहँदा पोलमा चढेका ४२ बर्षिय कृष्ण बहादुर राना तार संगै भुइँमा (बारीमा) खस्दा टाउको मा गम्भीर चोट लागि घाईते भएका निजलाई उपचार को लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लैजादैं गर्दा बाटोमै मृ'त्यु भएको खबर प्राप्त भएको छ। 

मृतक कृष्ण बहादुर राना संगै बिजुलीको पोल मा चढेका किरण राना घाईते अवस्थामा रहेका छन्। लु १ ख ९५२० नम्बरको ट्रकलाई स्थानीयहरुले नियन्त्रणमा लीई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलाई बुझाईएको जानकारी आएको छ। 

४२ बर्षिय कृष्ण बहादुर राना बैदेशिक रोजगारिको लागि रोमानिया जाने तयारिमा थिए। उनको केहि दिन अघि मात्र रोमानियाको भिसा आफ्नो पासपोर्टमा लागेको थियो। राना ४/५ दिन पछि उनि रोमानिया उड्ने पूर्ण तयारिमा थिए ,यस दुखद घटना संगै उनको रोमानिया जाने सपना चकना चुर भएको छ। 

प्रतिक्रिया दिनुहोस्