प्रजनन स्वास्थ अधिकार र शुरक्षित गर्भपतन सेवाको पैरवीको लागी संचारकर्मीहरु सग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८० जेठ २६ गते १५: ५६ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।बिहिवार समाजसेवा तथा बाताबरण संस्कृत संरक्षण समुह अर्घाखाँचीको आयोजनामा प्रजनन स्वास्थ अधिकार र शुरक्षित गर्भपतन सेवाको पैरवीको लागी जिल्लामा कृयाशिल  संचारकर्मी संगको एकदिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आइपासको सहयोगमा संचालित कार्यक्रममा संस्थाकि निति तथा शासन बिज्ञ माधबी बज्राचार्य कार्यक्रम अधिकृत आदर्श लगायत सन्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बिज्ञ बज्राचार्यले शुरक्षित गर्भपतन सम्बन्धि कानुन र ऐनमा भएको ब्याबस्था ,बिबाहित र अविवाहित महिलाहरुले गर्ने गर्भपतन ,महिलाहरुको स्वास्थ अधिकार ( अदालती फैसला ) गर्भपतन गराउन नहुने अवस्था ,शुरक्षित गर्भपतन गराउन पाउने सुचिकृत संस्थाहरु , स्थानीय तह बाट हुने सहयोग ,कानुन तथा निति कार्यान्वयन तथा समाचार लेखाइको महत्त्वपूर्ण भुमिका बिषयमा  उल्लेख गरेकी थिइन् ।

कार्यक्रम समुहका अध्यक्ष लक्ष्मी अधिकारी पौडेलको अध्यक्षता  संस्थाका कार्यक्रम अधिकृत आदर्शको स्वागत तथा बाबुराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्