सन्धिखर्क १० को विहारका धन ब.बिकको मिर्गौला उपचारमा आर्थिक अभाव:

आफु सक्दो आर्थिक सहयोग गरिदिएर आफ्नो छोरालाई बचाईदिन बाबुको अनुरोध सहित हारगुहार

| २०८० जेठ २७ गते १४: १६ मा प्रकाशित

दिव्या भुसाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० का धन बहादुर बिक को मिर्गौला उपचार मा आर्थिक अभाव परेको छ। 

सन्धिखर्क १० को विहार निवासी झुपलाल बिक र आमा फुलमया बिकका ४४ बर्षिय छोरा धन बहादुर बिकलाई दुवै मिर्गौला प्रत्यारोपण गर्न र डायलिसिस गर्न को लागि अत्यन्तै आर्थिक अभावको खाँचो र समस्या परेको छ। 

वैदेशिक रोजगारीमा छँदा स्वास्थ्यमा समस्या देखा परेपछि नेपाल फर्किएका बिकको अस्पतालमा चेकजांच पछि दुवै मृगौला फेल भएको रिपोर्ट पछि थाहा पाएका थिए। दुवै मिर्गौला पिडित धन बहादुर बिकको घरको आर्थिक स्थिति अत्यन्तै नाजुक भएको हुनाले सहयोगी मनका धनि समाजसेवी व्याक्तित्वहरु,सामजिक संघ संस्था सामु आफु सक्दो आर्थिक सहयोग गरिदिएर आफ्नो छोरालाई बचाईदिन अनुरोध सहित हारगुहार गरेका छन्। 

दुवै मिर्गौला पिडित धन बहादुर बिकको हाल श्री बिरेन्द्र अस्पताल छाउनी काठमाण्डौ मा डायलिसिस उपचार भईरहेको छ। मृगौला प्रत्यारोपण भने भरतपरमा हुने निजका घरपरिवार ले अर्घाखाँची बुलेटिनलाई जानकारी दिएका छन्। 

दुवै मिर्गौला पिडित धन बहादुर बिकको हाल श्री बिरेन्द्र अस्पताल छाउनी काठमाण्डौ मा डायलिसिस उपचार भईरहेको छ।

मृगौला प्रत्यारोपण गर्न मोटो रकम को खाँचो पर्ने भएको हुनाले बिभिन्न सामजिक व्याक्तित्व ,सामजिक संघ संस्था सामु आफु सक्दो आर्थिक सहयोग गरिदिएर पुण्य कमाउँन र धनबहादुर बिक लाई बचाईदिनुहुन् अर्घाखाँची बुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं। 

सम्पर्क नम्बर -
९८४६९६८९८० 
९७४८७४७२२१ 

आर्थिक सहयोग रकम जम्मा गर्न चाहानुहुने महानुभाव हरुले तल दिएको बैंक खातामा पठाउन सक्नुहुने छ -


खाता धनि -  NimB(Nepal investment mega bank )

खाता नम्बर - 24305300001045

ब्रान्च -सन्धिखर्क 
 
मोबाइल बैंकिंग- 

 9846968980 shankar bk

प्रतिक्रिया दिनुहोस्