कृष्ण जन्माष्टमीको दिन अर्घामा ब्यबस्थापन एकदमै फितलो,दर्शकहरुमा निराश:महिलालाई ब्यबस्थापनको जिम्मा दिएको भए राम्रो संग निर्भाह गर्थेयौं :भुसाल

| २०८० भदौ २१ गते १५: २३ मा प्रकाशित

रमेश थापा,अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर- ९ मा अवस्थित अर्घा भगवती मन्दिरमा ब्यबस्थापन समितिको कमजोरीका कारण कृष्ण जन्माष्टमीको दिन  हुनुपर्ने रमाईलो हुन् नसकेको दर्शकहरुको चर्को गुनासो आएको छ। 

कृष्ण जन्माष्टमीको दिन अर्घा भगवती मन्दिर (अर्घा दरवार)मा देखिएको दाजुभाई तथा दिदीबहिनीहरुको बृहत भिडको उपस्थिति ले "हाम्रो संस्कृति हाम्रो गौरव" भन्ने कुरालाई बिर्सिएका रहेनछौँ भन्ने प्रष्ट देखिन्थ्यो।

अर्घामा  देखिएको जनमानसको बाक्लो भिड संववत ५/६ साल यताकै बृहत भिडको उपस्थिति रहेको अनुमान लगाउन सकिन्थ्यो। तर जसरि हर्षोल्लास का साथि बाक्लो भिड अर्घामा पुगेर कृष्ण जन्माष्टमीको भरपुर मनोरंजन लिने सोचमा पुगेको थियो त्यो सोंचाई पुरा हुन् भने नसकेको अर्घा दरवारमा पुगेका महिला दिदीबहिनीहरुको गुनासो रहेको छ। 

अपाङ्ग भएका ब्याक्तिहरु पनि अर्घा दरवार मा जर्ष्टमीको राम हेर्न पुग्नु भएको थियो व्यवस्थापन कमजोरीका कारण अत्यन्तै दुख खेप्न परिरहेको अवस्था थियो ,यस गम्भीर बिषयमा मन्दिर व्यवस्थापन समितिको ध्यानाकर्षण जावोस। 

सुस्त मनोस्थिति बिधालयकी प्रधानध्यापक कमला भुसाल

कृष्ण जन्माष्टमीको दिन अर्घा भगवती मन्दिर (अर्घा दरवार)मा पुग्नु भएकी सुस्त मनोस्थिति बिधालयकी प्रधानध्यापक कमला भुसाल व्यवस्थापन लाई लिएर यस्तो भन्नुहुन्छ -


हिंजो जति हुनु पर्ने हो तेति नाँच गित हुन् सकेन किन भने हामी दिदीबहिनीको हरुको मनका दु;ख सुख ब्यक्त गर्ने थलो अनि एउटा गित र संगीत को माध्यम बाट  हो ,त्यस गरि अर्घा भगवती मन्दिरमा भिडलाई व्यवस्थापन गर्ने कोहि थिएन। जन तन हामी आफै ले बल्ल बल्ल यसो अलि अलि नाच्ने  गित गाउने गरियो साथै केहि दाजु भाइ हरु पनि नाच्न गाउन सक्नु हुन्थ्यो रहर पक्कै पनि थियो होला तर व्यवस्थापन एकदमै फितलो थियो, सारै दु:ख लाग्यो हामी स -साना हुँदा  बरु कस्तो राम्रो व्यवस्था अहिले आएर हेर्दा सारै दु:ख लाग्यो यो त मन्दिर व्यवस्थापन समिती ले सबै स्थानीय हरु सङ्ग सर सहल्लाह गरेर बस्ने ब्यबस्थापन गर्नु पर्ने थियो तर त्यो हुन् सकेन। देश बिदेश मा रहनुहुने समस्त दाजुभाई तथा दिदीबहिनीहरुलाई प्रत्यक्ष प्रशारण लाइभ मार्फत मनोरंजन दिन कस्तो राम्रो सङ्ग टिमहरु खटिनु भएको थियो मेरो तर्फ बाट हृदय देखि नमन छ । तर नाँच गान नभएसी अर्घामा पुगेका आम महिला दिदीबहिनी हरु निरासा हुनु पर्ने देखियो।बरु अर्घा भगवती मन्दिरको व्यवस्थापन समितिले बरु हामि महिला दिदीबहिनी लाई व्यवस्थापन को जिम्मा दिएको भए हामिहरु व्यवस्थापन को जिम्वेवारी राम्रो संग निर्भाह गर्थेयौं ,आगामी दिनमा पुरुष समुहले व्यवस्थापन गर्न नसके हामि महिला दिदीबहिनीहरुलाई उक्त जिम्वेवारी दिएमा भिड व्यवस्थापन गर्ने छौँ। 

प्रतिक्रिया दिनुहोस्