धरमपानीमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने

| २०८० असोज १७ गते १७: २३ मा प्रकाशित

गङ्गा थापा ,सन्धिखर्क। नेकपा माओबादी केन्द्र अर्घाखाँची ले सन्धिखर्क १० मा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ। 

जनतासंग (माओवादी केन्द्र ) बिशेष रुपान्तरण ३ महिने अभियान अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र अर्घाखाँचीको आयोजनामा असोज १९ गते शुक्रवार एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको संचालन गर्ने भएको हो। 

नि:शुल्क स्वास्थ्य शिविर धरमपानि मा रहेको आधारभूत स्कुलमा हुने आयोजक समुहले बताएको छ। जसमा प्राविधिक सहयोग युनिभर्सल मेडिकल कलेज भैरहवाले गर्ने भएको छ। 

प्रतिक्रिया दिनुहोस्