नेपाल कम्युनिस्ट पार्टी( माओबादी केन्द्र) द्वारा धरम्पानीमा नि:शुल्क स्वास्थ शिबिर संचालन(तस्विर सहित)

| २०८० असोज १९ गते १६: ४२ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
आश्बिन १९- जनता संग (माओबादी केन्द्र ) विशेष रुपान्तरण तीन महिने अभियान अन्तरगत एक दिने बृहत् पालिका स्तरीय निशुल्क स्वास्थ शिबिर संचालन गरेको छ। पार्टीका केन्द्रिय सदस्य तथा तीन महिने अभियान अर्घाखाँचीका इन्चार्ज बामदेब क्षेत्रीको प्रमुख आतिथ्यतामा शुरु शिबिर लाई लुम्बिनी  युनिभर्शल  मेडिकल कलेज भैरहवाले प्राबिधिक सहयोग रहेको छ।

एक दिने बृहत् पालिका स्तरीय निशुल्क स्वास्थ शिबिर संचालन

शुक्रबार सन्धिखर्क नगरपालिका वडा न.१० को धरम्पानीमा भएको शिबिर उदघाटन लाई केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज बामदेब क्षेत्री , सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद  युनिभर्शल मेडिकल कलेज भैरहवाका मेडिकल कोडिनेटर तेज कुमार केसीले संयुक्त रुपमा ब्यानर पढेर उदघाटन गरेका थियो ।

नि:शुल्क स्वास्थ शिबिर

उदघाटन कार्यक्रममा पार्टीका  केन्द्रिय सदस्य अनिल किशोर घिमिरे , ठाकुर कुमार बिक. लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल , प्रदेश समिति सदस्य रामलाल पराजुली प्रदेश सल्लाह सदस्य देब बहादुर खडका वडा न.१० का वडा अध्यक्ष मोहन सिंह ठकुरी, निबर्तमान वडा अध्यक्ष लक्ष्मी नारायण चुदाली ,  बिध्याल ब्याबस्थापन समिति मेडिकल कलेजका डा.कविता सापकोटा  ,डा. देमकान्त मण्डल  , डा. पुस्पराज केसी  डा.दिक्षा पाठक  ,डा. श्रबण प्रसाद दास डा  बिनय यादब ,स्टाफहरु जन्मजय हरिजन ,एलिसा केसि   नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायत स्थानीय स्वास्थकर्मी हरु  नेकपा ( माओबादी केन्द्र ) का नगर तथा स्थानीय नेता कार्याकर्ताहरुको  उपस्थित रहेको थियो ।

धरम्पानीमा  नि:शुल्क स्वास्थ शिबिर संचालन

शिबिरमा फिजिसियन , हाडजोर्नी तथा नसारोग , महिला रोग बिशेषज्ञ टोलिमा उपस्थित रहेको थियो साथै शिबिरमा  इसिजीको तथा सुगररोगको परिक्षण गरिएको थियो कार्यक्रम पार्टी नगरकमिटी अध्यक्ष कृष्णहरि भुसालको अध्यक्षता तथा नगरकमिटी सचीव बिष्णु ढुङ्गानाको संचालनमा शुरु भएको थियोे ।

शिबिरमा फिजिसियन , हाडजोर्नी तथा नसारोग , महिला रोग बिशेषज्ञ टोलिमा उपस्थित रहेको थियो
नि:शुल्क स्वास्थ शिबिर
स्वास्थ शिबिर

प्रतिक्रिया दिनुहोस्