सन्धिखर्कको ग्रीन इङलिस बोडिङ स्कुलको छत बाट खसेर एक जना बिद्यार्थी गम्भीर घाइते

| २०८० असोज २९ गते १२: ३७ मा प्रकाशित

केशब पन्थी ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ मा रहेको सन्धिखर्क ग्रीन इङलिस बोडिङ स्कुलको छत बाट खसेर एक जना बिद्यार्थी गम्भीर घाइते भएका छन ।

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर २ का श्याम खनालको छोरा ७ बर्षिय अनमोल खनाल बिहान ९:४५ बजे छतबाट खसेका प्रहरीले जनाएको छ ।

उनी यु के जि मा अध्ययनरत थिए । उपचारको लागि जिल्ला अस्पतालले बुटवल रिफर गरेको छ ।उनको अबस्था गम्भीर रहेको अस्पाताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्