सन्धिखर्क ले छत्रदेवलाई हराउंदै सेमिफाइनलमा प्रवेश

| २०८० कार्तिक १७ गते १५: २९ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। एवाईसी अर्घाखाँचीद्वारा आयोजित अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिता खेलमा सन्धिखर्क नगरपालिकाले छत्रदेव गाउँपालिकालाई २ -१ को सेटले पराजित गरेको छ।

राष्ट्रीय खेलाडी रबि केसी र किरण गुरौ  सम्मिलित सन्धिखर्क नगरपालिले छत्रदेव गाउँपालिकालाई २-१ को सेटमा पराजित गरेको हो। यस संगै सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिका चौंथो एवाईसी अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिताको सेमिफाइनल मा प्रवेश गरेका छन्। 

प्रतियोगिताको पहिलो सेमीफाइनल केहि बेरमा पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिका हुँदै छ। 

जिल्लाको निकै चर्चित प्रतियोगिताको रुपमा संचालन हुदै आएको प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख सम्म दिन सकिने युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्