अर्घाखाँचीमा आज साँझ गएको भुकम्पले पु¥यायो सनपा १० मा क्षति (तस्विर -भिडियो सहित )

| २०८० कार्तिक २० गते १७: ३१ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँचीमा आज साँझ ४ बजेर ३२ मिनेटमा पुन: गएको भूकम्पको झट्काले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा केहि घरहरु चर्काईदिएको छ। 

करिव ३ महिना अघि देखि निर्माणाधीन अवस्थामा रहेको सन्धिखर्क १० भगवती टोल निवासी शिव गन्धर्वको घर आज साँझ ४ बजेर ३२ मिनेटमा गएको भुकम्पले चर्काईदिएको हो। 

घरहरु चर्काईदिएको

घर धनि शिव गन्धर्व का अनुसार ३ महिना अघि देखि निर्माण गर्न शुरु गरिएको थियो आज मात्र उक्त घरलाई जस्ता पाता ले छाउने काम भईरहेको थए बिडम्बना सोहि समयमा भुकम्प को पराकम्प गयो हामि छाना बाट हाम फाल्यौ ,पछि घरको अवस्था हेर्दा २/३ ठाउँमा चर्किएको रहेछ उनले अर्घाखाँची बुलेटिन लाई भने। 

प्रतिक्रिया दिनुहोस्