सन्धिखर्क दश एयरपोर्ट नजिकै सिंगल क्याब जिप दुर्घटना

| २०८० कार्तिक २७ गते २२: ५० मा प्रकाशित

नमराज भुसाल ,सन्धिखर्क।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० मा सिंगल क्याब जिप दुर्घटना भएको छ। 

लु २ च ४५८४ नम्बरको सिंगल क्याब जिप आज साँझ करिब ९ बजेको समयमा अर्घा भगवती विमानस्थल नजिकै ढुंगे देउराली देखि अलकति मास्तिर जिप पल्टिए रहेको अवस्थामा अर्घाखाँचीबुलेटिन का संवाददाता नमराज भुसालले भेटाएका थिए। 

उक्त सिंगल क्याब जिप सालको बोटमा अड्किएको अवस्थामा रहेको छ ,सालको बोटको कारण मानवीय क्षति हुन् बाट जोगिएको घटना स्थलमा देखिन्छ। जिप पल्टिएको देखि सके पछि अर्घाखाँचीबुलेटिन का संवाददाता नमराज भुसाल ले तुरुन्तै प्रहरीलाई घटनाको जानकारी दिएका थिए खबर पाए पश्चात प्रहरी को टिम घटना स्थलमा पुगी सकेको र चालक को खोजि कार्य गरिरहेको छ। दुर्घटना भए लगत्तै चालक जिप् झ्याल फुटालेर घटना स्थल बाट फरार भएको देखिन्छ ,प्राप्त खबर अनुसार उक्त दुर्घटना हुने जिपमा चालकमात्र रहेको बुझिएको छ।

उक्त जिप धरमपानी सम्म जान भनेर सन्धिखर्क बाट हिंडेको जानकारी आएको छ। 

प्रतिक्रिया दिनुहोस्