खाँचीकोट दरवार युवा क्लवको देउसी भैलोको आज उद्घाटन

| २०८० कार्तिक २७ गते २३: २३ मा प्रकाशित

खाँची । खाँचीकोट दरवार क्लवको सहकार्य र ऐतिहासिक , सस्कृतिको झल्को दिने भैली ( सोरठी नाँच) आज मिती २०८०/७/२७ गते विधिवत तरिका बाट उद्घाटन भएको छ । यो भैलो अर्घाखाँची जिल्लाकै शिर्ष स्थानमा रहेको छ । आज लक्ष्मीमाताको बिषेश पुजा-आर्धाना गरि यो भैलोको सुरुवात गरिएको तेहाबाट बाबुराम खत्रीले बताए ।

यो भैलो समुहका अग्रज “गुरु” डुक बहादुर खत्री र जनप्रतिनिधि स.न.पा.- ७ का वडा अध्यक्ष चुरा बहादुर खत्रीले रिबन काटेर भैलोको सुरुवात भएको हो । यो भैलो कार्यक्रमको उद्घाटनमा ९३ बर्षिया सनपा- ७ की जेष्ठ नागरिक कुन्ता देवी खत्रीले जोरबत्ती सहीतको “पाला” जलाएर भैलो निकालिएको छ ।

यो समुहको भैलो ऐतिहासिक हिसाबले पनि जिल्लामै उत्कृष्ट मानिएको आँकलन गरिएको छ । प्रचार-प्रसार को अभावमा धेरै जनाको नजरमा पुग्न नसकेको यो भैली नाचले एस पाली जिल्लाकै ध्यान केन्द्रित गर्ने देखिन्छ । यस भैलोका अग्रज गुरु ” लिल बहादुर सुर्यवशीको” देहान्त पछी सम्पुर्ण जिम्मेवारी डुक बहादुर खत्रीले समाल्दै आउनु भएको छ । वहा भैलोको मारुनी नाचमा अति उत्कृष्ट नाच मानिनु हुन्छ ।

सधियौ देखि खेलिदै आएको यो भैली (सोरोठी नाच ) एसपाली पनी बिगतको झल्को र झझल्को दिने आंकलन गरिएको छ । यो भैलोमा – झ्याउरे गित/झ्याउरे नाच / बिभिन्न रमाइला खालका पर्दशन रहने बाबुराम केसीले जानकारी गराए ।

खाँचीकोट क्षेत्रको निकै ऐतिहासिक परम्परा बोकेको यो नाचले एकपटक नयाँ पुस्ता हरुलाई पुरानो भैलोको पाठ सिकाउने छ । आज बिधिवत ढङ्गबाट उद्घाटन भएको यो भैलो खाँचीकोट आसपास लगाएत बिभिन्न ठाउँमा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्