अर्घाखाँचीमा बाटोमा हिडने मानिसलाइ आक्रमण गर्ने र भेटिएको सामान टिपेर हिडने एक ब्यक्ति पक्राउ

| २०८० मंसिर २ गते २२: १७ मा प्रकाशित

हरिश्चन्द्र बिश्वकर्मा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ को आटेकापाटा भन्ने ठाउँको जङ्गगल नजिकैबाट प्रहरीले एक जना  पुरुषलाइ आज  पक्राउ गरेको छ ।

बाटोमा हिडने मानिसलाइ आक्रमण गर्ने र केही सामान देखे लिएर हिडने रोल्पा घर बताउने अन्दाजी २५ बर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
उनको नाम  तेजबिर बुढामगर  रहेको र  उनलाइ बिजय बुढामगर भनेर पनि  चिनिने गरेको  बताइएको छ । स.न.पा. १० मा एक महिला लाई २२ गते आक्रमण गरेका थिए । भने २९ गते एक पुरुष लाई आक्रमण गरेका थिए । उनलाइ  पक्राउ गरि अनुसन्धान गरिरहेको  सन्धिखर्क १०  मा रहेको प्रहरी चौकिका प्रहरी सहायक नरबहादुर श्रीस मगरले जानकारी दिनु भएको छ ।

उनको साथबाट  केही शिक्का पैसा एउटा चक्कु , 303 नट को राईफल को १ गोलि  फेला परेको छ ।
प्र
हरी हल्दार बिक्रम कहारको गस्ती टोलि र स्थानीय समाजसेवी युवा अम्मर घर्तिमगर, अर्घाखाँची बुलेटिनका पत्रकार हरिश्चन्द्र बिश्वकर्मा को सहयोगमा उनलाइ  छोपिएको थियो ।

उनलाइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सन्धिखर्क लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्