पत्रकार आचारसहिंता जागरण अभियान कार्यक्रम द ओल्ड एभरेष्ट हाेटलमा सम्पन्न

| २०८० मंसिर २१ गते २०: ५८ मा प्रकाशित

पूजा केसी ,सन्धिखर्क। पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित जिम्मेवार पत्रकारिताको बिकास,प्रेस स्वतन्त्रताको संरक्षण,सम्बद्र्धन गर्नुका साथै नेपाल सरकार र संचार माध्यमका बिच पुलको रुपमा काम गर्दे आएको प्रेश काउन्सिल नेपालले अर्घाखाँचीको सन्धिखर्कमा बिहीवार पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न गरको गरेको छ ।

आचारसंहिता जागरण कार्यक्रममा बोल्दै प्रेश काउन्सिल नेपालका बोर्ड सदस्य शरद अधिकारीले पे्रश काउन्सिलले पत्रकार आभारसंहिता उल्लङ्घनका बिषयमा उजुरी सुन्ने,सोउपर अध्ययन अनुसन्धान गरि आबश्यक कारवाही गर्ने भन्दै अधिकारीले आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमन गर्ने पत्रकारिताको बिकासका लागी बिभिन्न कार्यक्रम संचालनका साथै आचारसंहिता सम्बन्धी जागरण अभियान संचालन गर्दे आएको बताए ।
वोर्ड सदस्य अधिकारीले भने,“सञ्चार माध्यमलाई मार्यादित तथा जिम्मेवार बनाउन प्रेश काउन्सिलको भुमिका निकै महत्वपुर्ण छ, पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ ,स्वतन्त्र र उतरदायी पत्रकारिताको बिकासका लागी सवैले ध्यान जानु पर्छ”।

जागरण अभियानको बिषयबस्तु प्रस्तुतिकरण गर्दे बोर्ड सदस्य ठाकुर बेल्वासेले पे्रश काउन्सिल ऐन,२०४८मा उल्लेख भएको ब्यवस्था,पत्रकार आचारसंहिता २०७३ (प्रथम संसोधन,२०७६)साथै (बाल  संचार निर्देशिका २०७३) (अपाङ्गमैत्री सञ्चार निर्देशिका २०७३),(महिला उतरदायी सञ्चार निर्देशिका २०७६) (जेष्ठ नागरिकमैत्री सञ्चारनिर्देशिका २०७८) मा उल्लेख भएका कानुनी ब्यवस्था बारे जानकारी दिदै बेल्वासेले बर्तमान अबस्थमा मिडियाले प्रकाशन प्रशारण गर्दा गर्ने गरेको कमजोरीका बारेमा सहजीकरण गर्दे सवैलाई आचारसंहिताको पालना गर्नुपर्ने बताउनु भयो ।

कुनै पनि पत्रकार वा सञ्चार माध्यमले पत्रकार आचारसंहिता बिपरित समाचार तथा समाचार सामग्री प्रकाशन प्रशारण वा उत्पादन र बितरण गरेका कारण कनुै ब्यक्ति ,समुह वा संस्थालाई मर्का परेको भन्ने लागेमा मर्का पर्ने लक्षले सर्वप्रथम सम्बन्धित सञ्चार माध्यमका सम्पादकलाई सम्बोधन गरि लिखित गुनासो,खण्डन,वा स्पष्टिकरण प्रस्तुत गर्नुपर्ने कानुनी ब्यवस्था भएको प्रेश काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल बताए ।

प्रतिक्रिया दिनुहोस्