संचारकर्मी गुरुदेब खनाललाई पक्राउ पुर्जी जारी भन्ने कुरा झुटो,प्रसासनलाई लिएर सामजिक संजालमा अतिरन्जित गरियो: जिप्रका

| २०८० पौष २२ गते १७: ३२ मा प्रकाशित

केशब पन्थी ,अर्घाखाँची।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले  संचारकर्मी गुरुदेब खनाल (नवीन) लाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमती नलिएको  प्रष्ट पारेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बिक्रम रिजालले उक्त ब्यक्तीको नाममा अहिले सम्म कुनै उजुरी पनि नपरेको र पक्राउ पुर्जी पनि जारी नभएको अर्घाखाँची बुलेटिनलाइ प्रतिक्रिया दिनु भयो ।

पक्राउ पुर्जी जारी सिधै जिल्ला प्रहरी कार्यालयले जारी गर्न नमिल्ने र अदालतबाट अनुमती पनि नलिएको र थप बुझ्न परे  अदालतबाट बुझ्न सकिने बताउनु भयो। 
उता जिल्ला  अदालत अर्घाखाँचीमा पनि अहिले सम्म पक्राउ पुर्जिको लागि अनुरोध न आएको बुझिएको छ ।

 गुरुदेबको घर वरपर प्रहरी पुगेको भन्ने कुरा आएको छ भन्ने प्रश्नमा "रिजालले प्रहरी गस्तिमा जहाँ पनि पुग्न सक्छ , त्यहा कसैको घरमा गएको छैन प्रहरी देख्दैमा डराउनु पर्दैन" । यसैबिच रिजालले सामाजिक सन्जालमा चलेका हल्लाको पछि प्रहरी नलाग्ने र कसैले मलाइ पक्राउ गर्दै  छ भनेर हल्ला चलाउछ भने त्यसको जवाफ दिन आवश्यक नहुने  बताउनु भयो ।प्रहरी भन्छ पक्राउ गर्ने भए र खोजेको भए हामी किन मिडियालाइ लुकाउन पर्यो , कुनै ब्यक्तिले प्रहरीले खोजेको छ भन्दै हिडछ भने हाम्रो भन्नु केही छैन ।

सामाजिक सन्जालमा के के लेखिन्छ्न त्यो सबैको जवाफ दिनु पर्छ भन्ने हुदैन ।।जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गर्दैन  यदि अदालतले  पक्राउ पुर्जी जारी गर्छ भने  त्यो हामिलाइ थाहा हुन्छ तर अहिले सम्म न कसैले उक्त ब्यक्तिको कार्यप्रती उजुरी पनि दिएको छैन र हामिलाइ पनि जानकारी छैन ।

प्रकाउ पुर्जी नै नकाटीएको बिषयमा प्रहरी प्रसासनलाई लिएर झुटो अफहा र अतिरन्जित गरिएको कुरामा ध्यानाकर्षण गएको जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्