युवा व्यवसायी बसन्त भुसाल र कृष्ण भुसालले गरे बुबाआमाको सम्झनामा १० लाखको अक्षय कोषको स्थापना

| २०८० पौष २२ गते १८: १३ मा प्रकाशित

अर्घाखाँची ,पौष २२। नेपाल  व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष  युवा ब्यबसायि सामाजिक क्षेत्रमा क्रियासिल बसन्त भुसाल र साथी बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले स्वर्गीय बुवाआमा भाेजराज भुसाल र आमा  पवित्रा भुसालको स्मृतिमा बुवाकाे पहिलो वार्षिक पुण्यतिथिमा साथी वचत तथा ऋण सहकारी संस्थामा १०००००० (दश लाख ) काे अक्षय काेष स्थापना गर्नु भएको छ ।

 साथै उहाहरुले  नेपाल हृदय राेग निवारण प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँची लाई एउटा अक्सिजन कन्सनटेटर मेसिन हस्तान्तरण गर्नुभएकाे छ ।

 दश लाखकाे वार्षिक व्याजबाट दु:खी,गरिबलाई सहयाेग,जटिल प्रकारका राेग लागेकालाई उपचार खर्च लगायत विभिन्न सामाजिक कार्यमा खर्च गरि अर्घाखाँचीमा निकै प्रशम्सनिय कामको सुरु गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्