शान्ति समाज अर्घाखाँची द्वारा सन्धिखर्क मा विराेध प्रदर्शन

| २०८० माघ ४ गते १४: ३७ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क । मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा विरोध प्रर्दशन गरेको छ ।

पछिल्लो चरणमा आएको एनसेल घोटाला प्रकरणविरुद्ध शान्ती बगौंचामा विरोध प्रर्दशन भएको हो ।विरोध प्रर्दशनमा ‘शीर्ष नेता मिलेका, खरब खरब निलेका’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरिएको थियो ।

त्यस अवसरमा शान्ति समाजका आर्घाखाँची शाखा सभापति निलकन्ठ भुसालले विगत एक वर्षमा भ्रष्टाचार र घोटालाका दर्जनौं प्रकरणहरु आएको भन्दै अधिकांश प्रकरण प्रमुख राजनीतिक दलहरुकै मिलेमतोमा दबाइएको बताउनुभयो ।कार्यक्रममा शान्ती समाज अर्घाखाँचीका पुर्व सभापति अशोक पौडे्ल ,नेत्र मरासीनी लगायतको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्