अर्घाखाँचीको भक्तिटाेला शिवालय मन्दिरमा दीप प्रज्वलन हुने

| २०८० माघ ७ गते १६: ०८ मा प्रकाशित

अर्घाखाँची। भारतको अयोध्यामा राम मन्दिरको उद्घाटनका अवसरमा भोलि अर्घाखाँचीको सिद्धेश्वर शिवालय र शान्ति बगैचाको १ सय ८ गणेश पाञ्चायन मन्दिरमा जय जयकार र दीप प्रज्वलन गरिने भएको छ । 

पाँच सय वर्षपछि भारतको अयोध्यामा प्रभु श्रीराम को मन्दिर बनेर भोलि प्राण प्रतिष्ठान र उद्घाटनको खुसियालीमा सिद्धेश्वर शिवालयमा दीप प्रज्वलन र श्री रामको जयजयकार गरिने  सिद्धेश्वर शिवालयका संरक्षक नारायण प्रसाद खनालले जानकारी दिएका छन।

हिन्दुधर्म रक्षा परिषद् नेपाल अर्घाखाँचीका युवा स्वयंसेवकले  सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला,गणेश पञ्चाङ्ग मन्दिरलगायत विभिन्न मन्दिरमा विशेष कार्यक्रम गर्न थालिएको हो।

प्रतिक्रिया दिनुहोस्