राममन्दिरको प्राण प्रतिष्ठानका दिन सन्धिखर्कमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

| २०८० माघ ८ गते २२: ०० मा प्रकाशित

सन्धिखर्क। राममन्दिरको प्राण प्रतिष्ठानका दिन सन्धिखर्कमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। 
 
 भारतको अयोध्यामा राम मन्दिरको उद्घाटनका अवसरमा आज अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ सिद्धेश्वर शिवालय मन्दिर र वडा नम्बर १ मा रहेको शान्ति बगैचाको १ सय ८ गणेश पाञ्चायन मन्दिरमा जय जयकार र दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन संगै भजन कृतन पनि गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्