देश बनाउने युवा शक्तिले हो : बिजुला रायमाझी

| २०८० माघ ९ गते २२: २२ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।नेकपा एमालेकी सांसद एवम् अनेम संघ केन्द्रिय समितिका स्थायी  सदस्य बिजुला रायमाझीले देश बनाउन युवा शक्तिको महत्त्वपूर्ण भुमिका रहेको बताएकी छ्न ।

अखिल नेपाल महिला संघ अर्घाखाँचीको आयोजनामा जिल्ला महिला युवा संघको भेलालाई सम्बोधन गर्दै सांसद रायमाझीले देश बनाउन हरेक क्षेत्रमा युवाहरुको अनिवार्य उपस्थितिले "समृद्ध नेपाल सुखी नेपाली" को परिकल्पना गर्न सकिने बताइन् । 

महिला युवालाई अवसर दिन आफू लागि परेको बताउदै युवाहरुको कम्तीमा ३३ प्रतिशत सहभागीता सुनिश्चित हुनुपर्ने बताइन्।

मंगलबार सन्धिखर्क स्थित मदन आश्रीत स्मृति भवनमा नेकपा एमाले निकट युवा महिलाहरुको साझा संस्थाको रुपमा सङ्गठन निर्माण गर्ने उद्धेश्य सहित महिला युवाहरुको भेलामा नेकपा एमाले जिल्ला उपाध्यक्ष इश्वरा पोख्रेल, अनेम संघ केन्द्रीय सदस्य माया भुसाल, युवा संघ प्रदेश सदस्य पवित्रा सपकोटा लगायतको उपस्थिति रहेको थियो । 

 जिल्ला महिला युवा संघको भेला

अखिल नेपाल महिला संघ अर्घाखाँचीका अध्यक्ष दिपा आचार्यको अध्यक्षता, अखिल महिला युवा संघ अर्घाखाँचीका संयोजक  माया पन्थीको स्वागत एवम् मेनुका पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्