राष्ट्रिय वाणिज्य बैंक सन्धिखर्क काे ५९ औं वार्षिकोत्सव सम्पन्न

| २०८० माघ १० गते २२: ०० मा प्रकाशित

सन्धिखर्क।राष्ट्रिय वाणिज्य बैंक सन्धिखर्क शाखाले ५९ औं वार्षिकोत्सब मनाएको छ । साे अवसरमा उत्कृष्ट ग्राहककाे रूपमा बसन्त भुसाल,प्रदिप मिश्र, काशीराम बस्याल र खिमानन्द खनाललाई सम्मान गरियाे ।
 
सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, सन्धिखर्क १ का वडा अध्यक्ष माधव श्रेष्ठ र बैंकका प्रबन्धक गुणानिधि भुसालले उहाँहरूलाई सम्मान गर्नुभयाे । कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद  श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष अशाेक खनाल,उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले शुभकामना मन्तव्य राख्नुभयाे । बैंकका सहायक प्रबन्धक मनिष सिग्देलले वित्तीय साक्षरता सम्बन्धी जानकारी दिनुभयो ।

 कार्यक्रम शाखा प्रबन्धक गुणानिधि भुसालको अध्यक्षता, लक्ष्मीनारायण पाैडेलकाे स्वागत मन्तव्य र वरिष्ठ सहायक माधव घिमिरेको सञ्चालनमा सम्पन्न भयाे ।

प्रतिक्रिया दिनुहोस्