छोराको जन्मदिनमा खाजा र शैक्षिक सामाग्री सहयोग

| २०८० माघ ११ गते २३: १३ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँचीका व्यवसायी तथा समाजसेवि प्रकाश श्रेष्ठले छोराको जन्मदिनको अवसरमा विद्यार्थीका लागि शैक्षिक सामाग्री एवम् खाजा सहयोग गरेका छन् ।

सन्धिखर्क नगरपालिका १२ हाल सनपा १० रुब्दी निवासि प्रकाश श्रेष्ठ र छमा श्रेष्ठले छोरा प्रबेस श्रेष्ठको जन्मदिनको अवसरमा निर्मल नव ज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थीहरुलाई बिहीबार दिवा खाजा खुवाउनुको साथै शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन । छाेरा प्रवेश हाल उच्च शिक्षा अध्ययनकाे शिलशिलामा प्रदेशमा छन् ।

श्रेष्ठले फजुल खर्च गरेर जन्मदिन मनाउँने संस्कारक अन्त्य गर्दै अरु लाई पनि यस्तै सामाजिक कार्य सहित मनाउन आग्रह गरेका हुन।

प्रतिक्रिया दिनुहोस्