सन्धिखर्क पोलिक्लिनिक प्रा.लि. को दोश्रो बार्षिक उत्सवमा (शनिवार)बिशेष सहुलियतका साथ नि:शुल्क विशेषज्ञ स्वास्थ शिबिर संचालन हुने

| २०८० माघ १२ गते १७: ३१ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। सन्धिखर्क पोलिक्लिनिक प्रालिले आफ्नो दोश्रो बार्षिक उत्सबको अबसरमा निशुल्क स्वास्थ शिबिर संचालन गर्ने भएको छ। प्रालिले शुक्रवार आफ्नै पोलिक्लिनिकमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त स्वास्थ शिबिर बारे जानकारी गराएको थियो  ।
 
शिबिरमा विशेषज्ञ चिकित्सक शुल्क निशुल्क , सुगर परिक्षण (fbs/pp/Rbs) निशुल्क , थाइराइट परिक्षण रु.१२०० को ५०% छुट गरि रु.६००,भिडियो एक्सरे सेवा ९०० को २५% छुट गरि रु.६७५,डिजिटल एक्सरे ५००को २५% छुट गरि रु.३७५,Ecg ४००को २५% छुट गरि रु.३००,अन्य प्रयोगशाला परिक्षणमा २५% छुट ,औषधिहरु निशुल्क बितरण बाहेक किन्नु पर्ने भएमा ५% छुट ,सधै औषधि सेवन गर्नु पर्ने बिरामीहरुलाई सहुलियत उपचार कार्ड बितरण( औंषधिहरुमा ५% र प्रयोगशाला जाचमा १०% छुट ) दिने उल्लेख गरिएको छ ।

प्रालिले सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यका साथ सेवाको भाबनाले शिबिर संचालन गर्न लागेको प्रालिका संचालक राजेन्द्र प्रजापतिले बताएका छन शिबिरमा मानसिक रोग विशेषज्ञ तथा काइनोलोजिस्ट डाक्टरहरु आउने बताइएको छ ।
 
प्रालिले केही दिनमै जिल्लाका छ वटै स्थानीयतहमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ शिबिर संचालन गर्न लागिएको उल्लेख गरिएको थियो प्रालि लाई निबृत रास्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको समर्थन रहेको समाजका अध्यक्ष बिष्णु प्रसाद भुसालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्