७१ बर्षिय कुन्ता भुसालद्वारा जन्मदिनको अबसरमा निर्मल नबज्योती सुस्त मनस्थिति बिद्यालयलाइ खाद्यान्न सामाग्री प्रदान:

अर्घाखाँची बुलेटिनले पनि दियो भुसाललाई विशेष पुरस्कार

| २०८० माघ १४ गते २०: ४२ मा प्रकाशित

केशब पन्थी।
माघ १४ आइतबार-  अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी कुन्ता  भुसालले  सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको श्री निर्मल नबज्योति सुस्त मनस्थिति बिद्यालयलाई १५ हजार बराबरको खाद्यान्न सामाग्री प्रदान गर्नु भएको छ ।

श्री निर्मल नबज्योति सुस्त मनस्थिति बिद्यालय

आज  आफ्नो जन्मदिनको अबसर पारेर भुसालले खाद्यान्न सामाग्री प्रदान गरेको र आफू यो सहयोग गर्न पाँउदा धेरै खुशी भएको बताउनु भयो । 

यस्तै खाद्यान्न सामाग्री ग्रहण गर्दै बिद्यालयकि प्रधानाध्यापक कमला भुसालले मनकारि मन भएकाहरुको साथ र सहयोगले २४ जना सुस्त मनस्थिति भएका बिद्यार्थीहरुलाइ पालन पोषणमा केही भए पनि राहत भएको बताउनु भयो  ।  राज्यले पुर्ण जिम्मेवारी लिएर बिद्यार्थीको लागि आवश्यक पर्ने खाद्यान्न ,लत्ता कपडा ,बिरामी हुदा औषधि प्रयाप्त उपलब्ध गराउन सके आफुहरु कसैले सहयोग गरिदिए हुन्थ्यो भनेर आसा गरेर बस्नु नपर्ने भुसालको भनाइ छ । सरकारबाट प्राप्त हुने रकमले प्रयाप्त मात्रामा खाद्यान्न ,लत्ता कपडा र औषधि किन्नलाइ अपुग भएको भुसालले अर्घाखाँची बुलेटिनलाइ बताउनु भयो ।

यसैबिच अर्घाखाँची बुलेटिनले आज सोही खाद्यान्न सामग्री प्रदान गर्ने कुन्ता भुसाललाई तिज फोटो प्रतियोगिता अन्तर्गतको विशेष पुरस्कार र प्रमाणपत्र पनि प्रदान गरेको छ ।
 
गत तिजमा अर्घाखाँचीका महिला आमा, दिदी, बहिनीहरु सहभागी हुन पाउने गरि  अर्घाखाँची बुलेटिनले तिज फोटो प्रतियोगिता राखेको थियो जसमा सहभागी भएकि कुन्ता भुसाललाई बिशेष पुरस्कार दिने घोषणा गरेको थियो । हरितालिका तिज पछि  पुरस्कार र प्रमाणपत्र दिने कार्यक्रमको दिन जिल्ला बाहिर भएर  सहभागी  हुन नपाएको बताउनु भएकी   भुसाललाइ उक्त पुरस्कार र प्रमाणपत्र  आज प्रदान  गरिएको हो । 

 पुरस्कार र प्रमाणपत्र दिंदै आशा घिमिरे 

पुरस्कार तथा प्रमाणपत्र प्रदान कार्यक्रममा अर्घाखाँची बुलेटिनका प्रतिनिधि हरिशचन्द्र बिश्वकर्मा , आशा घिमिरेको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्