माेतिसामुदायिक पुस्तकालय सनपा ४ वाङ्गलामा शहिदकाे भुमिका" विसेयक बक्तृत्वकला प्रतियाेगिता सम्पन्न

| २०८० माघ १६ गते २०: १४ मा प्रकाशित

प्रदीप सुनार ,अर्घाखाँची। आज २०८० माघ १६ गते सहिद दिवसकाे अवसर पारेर माेतिसामुदायिक पुस्तकालय सनपा ४ वाङ्गलाले सन्धिखर्क नगरपालिका अन्तर मा वि स्तरिय "राजनैतिक परिवर्तनमा शहिदकाे भुमिका" विसेयक बक्तृत्वकला प्रतियाेगिता गराई सहिद दिवस मनाईएको छ।

नगरका संस्थागत र निजी १५वटै मा.वि.लाई आमन्त्रण गरेकाेमा ८संस्थागत र३ निजि गरि ११ विद्यालयकाे सहभागिता रहेकाे थियाे।
 
सहभागी सम्पुर्ण विद्यार्थी भाईबैनिहरुकाे  सहिद प्रतिप्रकट गरिएकाे सम्मानभावकाे दमदार प्रस्तुतिले उपस्थित जनसमुदायलाई  दिनभर भावुकतुल्याएकाे थियाे।
 उत्कृष्ट प्रस्तुतिहरुकाे विच सर्बाेत्कृष्ट स्थान प्राप्त गर्न सन्धिखर्क ई.वाे.स्कुलकाे कक्षा१०मा अध्ययन गर्ने भाई दिक्षान्त चंदालि सफल भए भने द्वितीय स्थान जिवनाेद्वार मा वि काे कक्षा १०माअध्यनरत बैनि साधना भुसालले प्राप्त गरिन त्यस्तै तृतिय स्थान सनराईज ई.बाे.स्कुलकाे कक्षा ९ मा अध्ययनरत बैनि रञ्जु आचार्यले प्राप्त गरिन भने सान्त्वना मा चन्द्रप्रभा मा.वि.का कक्षा१२माअध्ययनरत अस्मिता मुखिया पर्न सफल भएकी थिइन्।

कार्यक्रम कमल भट्टराई काे अध्यक्षता ,पिताम्वर भुसालकाे प्रमुख आतिथ्यता,निर्णायक मण्डलमा माधव चुदालि,माेति चुदालि र चिरञ्जिवि खनाल रहनु भएकाे थियाे।

कार्यक्रममा स्थानिय वुद्धिजिवी समाजसेवि जनप्रतिनिधि  सहभागीविद्यलय शिक्षक स्थानिय शिक्षक लगायत विद्यार्थी किसान युवा महिला लगायतकाे आतिथ्यता तथा उपस्थिति थियाे।

अन्त्यमा  अध्यक्ष र प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियाे भने कार्यक्रमकाे संचालन मदन भट्टराईले  गर्नुभएकाे थियाे

प्रतिक्रिया दिनुहोस्