सहयोग जुटाएर काजकिरिया

| २०८० माघ २१ गते २२: २८ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची । अर्घाखाँचीमा सहयोग जुटाएर काजकिरिया गरिएको छ । आर्थिक अभावको कारण मृतकको काजकिरिया रोकिएको थियो । मृतक परिवारको घरमा परेको बज्रपात र आर्थिक अभावले समस्या निम्त्याएको हो ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वाड न.२  नमुना बस्ती निबासी तेज बहादुर बादी ३८ वर्षको उमेरमा उपचार को क्रममा निधन भएको ८ दिन बितिसक्दा काजकिरिया गर्न आर्थिक जुटाउन गाह्रो भएको थियो।

घरमा आर्थिक अत्यन्तै दयनीय  भएको कारण काजकिरिया बस्नको लागि चाहिने बिछ्याउने ओछ्याउने पकाउने खाने भाडा को साथै पकाएर खान को लागि पनि घरमा केही नहुदा 
समस्या देखिएको परिवार श्रोतले बताएको थियो । 

परिवारमा पाँच जना साना भाइ बहिनी भएकोले समस्या ठूलो आएको सहयोग जुटाएर काजकिरिया गरेको समाजसेवी गोमा सापकोटा रेग्मी बताउछिन् । राजु खड्का , पवन शाही, बबिता शर्मा डा.डेभिट बस्याल, प्रेम प्रसाद गैरे, मधु भुसाल र बिक्रम थापाको आर्थिक सहयोगले सम्भव भएको बताउदै समाजसेवी रेग्मीले सहयोगी मनहरु लाई धन्यवाद समेत व्यक्त गरिन । 

हिन्दु धर्म अनुसार मृत्युपछि आ-आफ्नो संस्कार अनुसार काजकिरिया गरिन्छ । १३ दिन काजकिरिया गर्ने चलन छ । यो दिनको आफ्नै महत्व हुन्छ। तर यस्तो विषयमा कसैले चाँसो देखाएनन ।

प्रतिक्रिया दिनुहोस्