स्वमूल्याङ्कनमा सन्धिखर्क नगरपालिका प्रथम ,दोस्रो मालारानी

| २०८० माघ २३ गते २३: ३१ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची ।अर्घाखाँचीका ६ वटा पालिकाहरूमध्ये सन्धिखर्क नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सर्वोकृष्ट पालिका बनेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा औसत (८९%) प्रतिशत अङ्क ल्याएर सन्धिखर्क नगरपालिका जिल्लाकै प्रथम बनेको छ भने मालारानी गाउँपालिका(८०%) प्रतिशत अङ्क प्राप्त गरि दाेस्राे भएको हो ।

छत्रदेव गाउँपालिका (७८.२५%) शितगंगा नगरपालिका (७७.५%) भुमिकास्थान नगरपालिकाले (७६.२५%)र पाणिनी गाउँपालिकाले (७५.५%) अंक प्राप्त गरेका हुन ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० सूचक निर्धारण गरिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्