सन्धिखर्क नगरपालिकामा दादुरा–रुबेला रोग विरुद्धको खोप सबै बालबालिका लाई लगाइने

| २०८० फागुन ९ गते १७: ०८ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले दादुरा–रुबेला रोग विरुद्धको खोप सबै बालबालिका लाई लगाउने बताउनुभएको छ 

।यो अभियान सफल बनाउनको लागि फागुन १३ गतेदेखि १७ गतेसम्म संचालन हुने खोप कार्यक्रममा नगरपालिका भित्र रहेका स्वास्थ्यक्रमी र महिला स्वास्थ्य स्वयंम सेविका परिचालन हुने छन ।जसको लागि निर्देशन पनि दिएको बताउनुभयो ।नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको खोप तथा अभिमुखीकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।खोपको पहुँचबाट कसैलाई बन्चीत नहुन समेत नगरप्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।


यस्तै १८ बर्ष मुनिका शारीरिक अपांगता भएका नगरपालिका अन्तरगतका विद्यार्थी र स्थायी बासिन्दाहरुको शारीरिक अपांगता परीक्षणका लागि नगरपलिकाको आयोजनामा फागुन १७ गते हुने स्वास्थ्य शिविरमा सहभागी हुन समेत अनुरोध गर्नुभयो।

९महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप अभियान संचालन हुने सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताउनुभएको छ।नगरभित्र ६५ खोप केन्द्र छन,जसमा १२ स्वास्थ्यक्रमी,८४ स्वयंम सेविका र ए.ई आईइ व्यवस्थापन गर्न १३ जना खट्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्