चौंरासी पुजा र स्व.आमाको सम्झनाम श्रेष्ठ परिवारद्वारा बिद्यालय तथा मन्दिरमा रु. १३ लाख भन्दा बढी अक्षयकोषको स्थापना

| २०८० फागुन १२ गते १४: ५३ मा प्रकाशित

अर्घाखाँची सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ सहितको परिवारले वुवा नन्दलाल श्रेष्ठको चौरासी पुजा र स्वर्गीय आमा उमाकुमारी श्रेष्ठको सम्झनामा स्कुलमा अक्षयकोषको स्थापना गरेका छन् ।

 चुत्रावेशीमा रहेको भगवती मावि शंखेटारीमा नन्दलालका जेठा छोरा व्यवसायी ठाकुरप्रसाद श्रेष्ठ माइला सन्धिखर्क नगरप्रमुख तथा उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद, कान्छा काजी श्रेष्ठ र छोरी तारा र माया सहित श्रेष्ठ परिवारले स्कुलमा ११ लाख १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । 

शुक्रवार चुत्रावेशीमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा २ लाख २ हजार २ सय २२ रुपैयाँ प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्