दक्ष जनसक्तिको अभाव हुँदा अर्घाखाँची अस्पतालका उपकरण गोदाममै थन्किए

| २०८० फागुन २९ गते १६: ५८ मा प्रकाशित

सुदिप भट्टराई,अर्घाखाँची। अर्घाखाँची जिल्लाको मुटु सन्धिखर्क बजारमा रहेको जिल्ला अस्पतालमा उपचारका लागि आवश्यक प्राविधिक उपकरण भएता पनि साधन प्रयोगमा ल्याउनको लागि प्राविधिकको  कमीका कारण यहाँ उपचारको लागि आउँने बिरामीले अत्यन्त कष्ट व्यहोर्नु परेको छ । 

तर जिल्लामा रहेको विभिन्न निकाय लगायत स्थानीय तहले समेत उक्त कुराको वेवास्था गरेर भवन निर्माणमा मात्र प्राथमिकता दिएको छ । जिल्लामा उपचारको लागि पर्याप्त उपकरण भए पनि  जनशक्ति न हुँदा  ABG machine लगायतका थुप्रै उपकरण गोदाम मा नै थन्किएको अवस्था छ  ।

  अस्पतालमा माग अनुसारको कर्मचारी नै छैनन  । यहाँको अस्पतालका डाक्टर को गुनासो आफूले पाउने सुविधा धेरै कटौती गरिएको छ। यस्तो गम्भीर विषयमा यहाँको   स्थानीय निकाय मौन छ । यस विषयमा विद्रोह स्वभावका स्थानिय युवा संदेश आचार्य जसले अहिले डाक्टरको अध्ययनमा हुनुहुन्छ  उहाँले आफ्नो भौतिक उपस्थितिमा  स्थानीय निकाय र जिल्ला अस्पतालको प्रशासनलाई  आफूले अन्य  छिमेकी  जिल्ला अस्पतालमा  देखेको र भोगेको अस्पतालको अनुभब सुनाउँदै  जिल्ला अस्पतालको दयनीय  सेवा सुविधा देख्दा दुःख लागेको कुरा व्यक्त गर्नु भएको छ । यहाँको  डाक्टरको गुनासो सुन्दा  व्यवस्थापनबाट अस्पताल सुधारमा कुनै ध्यान न पुगेको देखिन्छ । 

 डाइलाइसिसको लागि पर्याप्त उपकरण जुटी रहँदा जनशक्तिको र  स्थानीय निकाय ले अस्पतालमा कुनै चाँसो  न दिँदा धेरै बिरामी जिल्ला भन्दा बाहिर गएर उपचार गर्न बाध्य भएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्