आँपखोला का बहुविवाह मुद्धामा फरार रहेका प्रतिवादी १४ बर्ष पछि पक्राउ

| २०८० चैत १३ गते १६: २३ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। बहुविवाह मुद्धामा फरार रहेका  प्रतिवादी पक्राउ परेका छन्। 

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ आँपखोला मङरा निवासी धनबहादुर पाण्डे लाई बिशेष सुचना को आधारमा पक्राउ गरीएको हो। निजलाई बहुविवाह मुद्धामा १ बर्ष कैद र पाँच हजार जरिवाना तोकीएको थियो तर पाण्डे भने २०६७।०९।१८ गते को लागत नं.६४० अनुसार को फैसला पछि १४ बर्ष सम्म लुकिछिपी रहँदै फरार रहेका थिए। 

निजले जिल्ला रुपन्देही सिद्धार्थनगगर नगरपालिका वडा.न.५ जिल्ला प्रशासन कार्यालयको परिसर भित्र क्यान्टिन संचालन गरिआईरहेको प्रहरीले जनाएको छ। पाण्डेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीको समन्वयमा २०८०।११।१४ गते पक्राउ गरिएको हो। 

धनबहादुर पाण्डे का पहिलो पक्ष को श्रीमती  तर्फ ३ छोरी र दोश्रो श्रीमती विवाह गरे पश्चात १ छोरी गरि ४ जना छोरीहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्