हिमालयन लाइफका मार्केटिङ प्रमुख माधव शर्माको उपस्थितिमा अर्घाखाँचीमा टिसर्ट वितरण कार्यक्रम सम्पन्न

| २०८० चैत १९ गते १९: ३३ मा प्रकाशित

अन्जना खनाल । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड  अर्घाखाँची शाखाले कम्पनीका मार्केटिङ  विभाग प्रमुख माधव शर्माको हातबाट सन्धिखर्कमा विभिन्न कार्यमा आबद्ध १ सय भन्दा माथी  श्रमिकहरुलाई  टिसर्ट वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत देशभरका विभिन्न जिल्लामा मौसम अनुसार टिसर्ट र ज्याकेट  वितरण अभियान सन्चालन गरेको जनाइएको छ ।  यो अभियान निरन्तर अगाडि बढ्ने मार्केटिङ प्रमख शर्माले जनाउनु भएको थियो । 

जिल्लाको सन्धिखर्क नगरपालिका -१ शान्ती बगैंचामा आयोजित उक्त टिसर्ट सौजन्य कार्यक्रममा कम्पनी मार्केटिङ प्रमुख माधब शर्मा , प्रदेश प्रमुख बुद्ध सुर्यवशी ,शाखा प्रमुख दिनेश सुनार लगायत शाखाका कर्मचारी साथै  MDRT तथा एजेन्सी म्यानेजरहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्