हेलमेट चोरी भएको ३ महिना पछि प्रहरीले पत्ता लगाएर दियो सम्बन्धित ब्यक्तिलाई

| २०८० चैत २१ गते २१: ३१ मा प्रकाशित

केशब पन्थी ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको कार्यालय अगाडि  पार्किङ्ग गरि राखेको मोटरसाइकलको हेलमेट चोरी गरेर लगेको ब्यक्ती पत्ता लगाइ प्रहरीले सम्बन्धित ब्यक्तीलाइ हेलमेट  दिएको छ । 

सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का शिशिर भुसालले गत पुष ६ गते लु ८५ प ५२०५ नम्बरको मोटरसाइकल सन्धिखर्क नगरपालिकाको कार्यालय अगाडि पार्किङ गरेर  रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्बन्धि कामको लागि गएको र फर्किदा हेलमेट चोरी  भएको थियो ।चोरी भएपछी त्यही दिन नजिकै रहेको जिल्ला प्रहरी कार्यालयमा भुसालले लिखित जानकारी नै दिनुभएको थियो  । 

त्यसको भोलिपल्ट  नगरपालिकाले राखेको सिसिटिभी हेर्दा चोरी गर्नेको मोटरसाइकल नम्बर र चोरी गर्ने दुबै जनाको तस्बिर देखिएको थियो । त्यो विवरण प्रहरीलाइ नै जानकारी दिदा पनि किन ढिलाइ भएको भनी अर्घाखाँची बुलेटिनले चासो राखेर सोधपुछ गर्दा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पत्ता  लगाएर जानकारी दिने बताएको थियो ।

 चोरी गर्नेको पत्ता लगाएर हेलमेट फिर्ता गरेपनी  प्रहरीले कसले चोरी गरेको रहेछ भन्ने प्रश्नमा चोरी गर्नेको नाम र ठेगाना जानकारी दिएन ।

प्रतिक्रिया दिनुहोस्