हस्ताक्षर गर्न अटेरी गरेका वडाध्यक्ष मिश्रद्वारा समाचार प्रसारण भएको २४ घन्टा नबित्दै हस्ताक्षर

रोकिएको सेवाप्रबाह सुचारु

| २०८० चैत २६ गते १८: ४४ मा प्रकाशित

केशब पन्थी। जले /हराएको लालपुर्जाको सम्बन्धमा विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख सहितको  समितिले निर्णय गरेर सम्बन्धित जग्गाधनिहरुलाइ प्रमाणका आधारमा लालपुर्जा दिने निर्णयमा मालारानी  ५ का वडाध्यक्ष तुल्सिराम मिश्रले हस्ताक्षर नगरिदिदा सेवाप्रबाहमा समस्या आएको समाचार अर्घाखाँची बुलेटिनले प्रसारण गरेको २४ घन्टा नबित्दै वडाध्यक्ष मिश्रले आज कार्यालयमै आएर हस्ताक्षर गर्नु भएको छ । 

१ महिनादेखी बिशेष नापी कार्यालयका कर्मचारीले हस्ताक्षर गर्न आउन आग्रह गरेपनी आउछु भन्दै टार्ने गरेका मिश्रले हिजो विशेष नापीको कार्यालयमा आएका  सेवाग्राहीले फोन मार्फत तपाइले हस्ताक्षर नगरिदिदा काम रोकियो कुरा गर्नुहोस भन्दै   विशेष नापिका कर्मचारीलाई फोन दिएपछी   मिश्रले इकाइ प्रमुख राम उदगार ठाकुरलाई  " जहिले आउछु आउछु तपाइलाइ के मतलब" भन्ने जवाफ दिनु भएको थियो ।

मिश्रले हस्ताक्षर नगरिदिदा जले हराएको भनी प्रमाणसहित आएका सेवाग्राही सेवा लिनबाट बन्चित भएका थिए ।
 
अब मिश्रले निर्णयमा  हस्ताक्षर गरेपछि वडा नम्बर ५ का लालपुर्जा जले हराएका जग्गाधनिलाइ प्रक्रियामा जान सहज भएको छ । द्वन्दकालमा अर्घाखाँचीको मालपोतमा आगजनी भएपछि जग्गासङ्ग सम्बन्धित कागजपत्र जलेका कारण विशेष नापी कार्यालय स्थापना गरि  सम्बन्धित जग्गा धनिलाइ  विशेष नपिले लालपुर्जा बितरण  गर्दै आएको छ  । 

गत फागुन २१ गते अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका  वडा नम्बर ५ बागीको द्वन्दबाट भुमिलगत क्षती भएका क्षेत्रको नापजाँच गरि पुनस्थापना गर्ने सम्बन्धि निर्देशिका २०७१ को दफा ५.२(३)प्रयोजनको लागि जग्गा नापजाँच नियमावली २०५८ को नियम ११ बमोजिम समितिका अध्यक्ष बिशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख डिल्लि राज भन्डारीको अध्यक्षतामा बैठक बसेको तर वडा नम्बर ५ का वडाध्यक्ष तुल्सिराम मिश्र उपस्थित हुन नसके पछि वडाको प्रतिनिधिलाइ पठाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्