सन्धिखर्क इङ्गलिस बोर्डिङ स्कुल सन्धिखर्क ०१ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

| २०८० चैत २८ गते ००: २५ मा प्रकाशित

सागर मरासिनी , सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क ०१ , बालबाटिका मा अवस्थित सन्धिखर्क इङ्गलिस बोर्डिङ स्कुल ले मंगलवार नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम मा बिधालय ले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिता  , नृत्य प्रतियोगिता , बिज्ञान प्रदर्शनी , नियमितता , अनुशासन , पोशाक तथा सरसफाई , बालबाटिका गौरव लगायतका बिधा मा प्रथम, द्वितीय  र तृतीय हुने बिद्यार्थी लाई मेडल र प्रमाणपत्र ले सम्मान गरेको छ ।

कार्यक्रम मा कक्षा नर्सरी देखि कक्षा ७ सम्म कक्षा प्रथम , द्वितीय र तृतीय हुने बिद्यार्थी लाई पुरस्कार वितरण गरिएको हो ।

सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ को प्रमुख आथित्यता र बिधालय व्यवस्थापन समिती का अध्यक्ष दोर्ण प्रसाद भुसाल को अध्यक्षता मा संचालन भएको कार्यक्रममा  बिधालय का प्रबन्ध निर्देशक  श्रीकृष्ण भुसाल , संचालक समिती अध्यक्ष राम बहादुर रायमाझी , संचालक समिती का पुर्व अध्यक्ष युवराज श्रेष्ठ , संस्थापक बाबुराम शर्मा , दल बहादुर के सि , हरि प्रसाद भुसाल , संचालक समिती  सदस्य हरु कृष्ण प्रसाद खनाल , सीता कुमारी श्रेष्ठ ,  सिद्धि प्रसाद  भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन शिक्षिका श्रीजना गहतराज ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्